तमु प्ये ल्हु संघ युकेको अध्यक्षमा क्याप्टेन डेमबहादुर तमु सर्वसम्मत चयन
- grgy329
- Mar 3, 2024
- 1 min read
Updated: Apr 1

तमु प्ये ल्हु संघ युकेको अध्यक्षमा क्याप्टेन डेमबहादुर योज तमु सर्वसम्मत चयन भएका छन् ।

फानबोरोस्थित स्यामुयल कोडी होममा शनिबार २ मार्च २०२४ मा भएको संघको १९ औं वार्षिक साधारणसभा तथा ६औं महाधिवेशनबाट क्याप्टेन डेमबहादुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । सातौं कार्यसमिति उपाध्यक्षहरुमा डम्बर टु क्ल्हेप्री, पूर्णवीर प्हच्यु, अमर सिङ त्होर्जे, सचिव भेग च्हाक्ली र कोषाध्यक्षमा याम प्हच्यु चयन भएका छन् भने बाँकी अरु खाली पदहरु कार्यसमितिले नियुक्त गर्ने जनाइएको छ ।

निर्वाचन समितिका प्रमुख क्या (रि) नरबहादुर तमु एमभिओ, बिईएमले नयाँ कार्यसमिति घोषणा गरेका थिए ।
त्यसैगरी खेगी समितिको ३ फेब्रुअरीमा र आमा समूहको १० फेब्रुअरीमा सम्पन्न भएको आ-आफ्नो अधिवेशनबाट मनोनीत कार्यसमिति र पदाधिकारीको शनिबार नै औपचारिक घोषणा गरिएको थियो । खेगी समिति अध्यक्षमा जीत क्रोम्छे चयन भएका छन् । यस्तै आमा समूह अध्यक्षमा बबिता प्हच्यु तमु चयन भएकी छन् । उपाध्यक्ष मिना ल्हेँगे, यमुना प्हच्यु, सचिव लक्ष्मी तमु, कोषाध्यक्ष भिमा च्हार्ल, सहसचिव डिलकुमारी प्हच्यु र सहकोषाध्यक्ष दिलकुमारी प्हैंगु चयन भए ।

साधारणसभामा आमा समूह अध्यक्ष विष्णु टु क्ल्हेप्री तमुले आमा समूहको गतिविधि, कोषाध्यक्ष याम प्हच्यु तमुले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव भुवानी च्हम्रु तमुले संस्थाको गतिविधिबारे जानकारी गराएका थिए । त्यसैगरि खेगीगुरु अध्यक्ष डमर टु क्ल्हेप्री तमुले खेगी गुरुहरुको गतिविधि, मेजर एकबहादुर तमुले सामाजिक भवन तथा क्होंइबो निर्माण युकेबारे जानकारी गराए ।

औपचारिक कार्यक्रमको अन्त्यमा नवनिर्वाचितहरुलाई फेटा सहित उपस्थितहरुले बधाई ज्ञापन गरिएको थियो ।
अध्यक्ष रन बहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्यहरुको उपस्थिति थियो । कार्यक्रम सञ्चालन महासचिव भुवानी च्हम्रु तमुले गरेका थिए ।

Please visit the following Facebook link for more pictures:






Comments