तमु प्ये ल्हु संघ युकेको युवा समिति गठन
- grgy329
- Jan 19, 2025
- 2 min read

१८, जनवरी २०२५, शनिबार टिपिएलएस भवन, रेडिङमा सम्पन्न भएको युवा समन्वय भेलाले युवा समिति गठन गरेको छ । युवा सशक्तिकरण तथा परिचालन संयोजक भेग च्हाक्ली तमुको पहल तथा तमु प्ये ल्हु संघ केन्द्रीय युवा महासचिव पवित्र प्हच्यु तमुको विशेष उपस्थिति एवं युवा एम्बासडर सिर्जना च्हम्रु तमुको सहकार्यमा सातौं कार्यसमितिको मातहातमा रहेर सक्रिय हुनेगरि उक्त समिति गठन गरिएको हो ।

गठनको दौरानमा युवा सशक्तिकरण तथा परिचालन संयोजन भेग च्हाक्ली तमु र केन्द्रीय युवा महासचिव पवित्र प्हच्यु तमुले युवा समितिको भूमिका र आवश्यकताबारे प्रष्टाएका थिए भने तमु जातिको मौलिक धर्म, संस्कार, सँस्कृति, भाषा तथा भेषभुषा लगायत ऐतिहासिक सम्पदा र संरचना आदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धनको लागि पुस्तान्तरणको अपरिहार्यता औंलाएको थिए । यसैगरि पुरानो पुस्ताबाट नयाँ पुस्ताले पहिचानका यी विभिन्न गहनाहरु बारे सचेत भएर समयमा नै ग्रहण गर्ने कार्य गरिएन भने संरक्षण र सम्वर्धन हुन नसक्ने अनि हराएर जाने कुरालाई मनन् गर्दै युवा पुस्ताले आफ्नो अविभावकहरुको समिपमा रहेर बुझ्ने र व्यवहारमा प्रयोगात्मक अभ्यास गर्नु अत्यावश्यक छ भन्ने कुरा स्पष्ट गराइएको थियो ।

उपस्थित सबै युवाहरुबीच परिचय समेत गराइएको उक्त भेलामा युवा समितिले आ–आफ्नो बिचार समेत राखेका थिए भने अधिकांश युवाहरु तमु जातिको मौलिक धर्म, संस्कार, सँस्कृति भाषा तथा भेषभुषा आदिको बारेमा बुझ्ने, सिक्ने र जगेर्णाको लागि सक्दो भूमिका निभाउने अभिप्रायले युवा समितिमा संलग्न भई क्रियाशिल रहन उत्साहित रहेको बिचार व्यक्त गरेका थिए ।
नव गठित युवा समितिका नामावली यस प्रकार रहेका छन् ः–

अध्यक्षः खिम टु
क्ल्हेप्री तमु
उपाध्यक्षः साजन टु क्ल्हेप्री तमु
सचिवः प्रदिप केप्छे तमु
सहसचिवः खुशी च्हाक्ली तमु
कोषाध्यक्षः धनरुपा योज तमु
सहकोषाध्यक्षः कुशल प्हच्यु तमु
मिडिया सचिवः सौगात क्र्होंगी–लम् तमु
मिडिया सहसचिवः प्रदिप जङ कोने तमु
साँस्कृतिक संयोजकः किश्मा ल्होँ तमु
युवा एम्बासडरः सिर्जना च्हम्रु तमु
सल्लाहकारः दुर्गा योज तमु

युवा समिति गठन पश्चात औपचारिक रुपमा घोषणा गर्दै अधिकारिकता प्रदान गरिएको युवा समितिलाई संघका अध्यक्ष क्या। डेम बहादुर योज तमु र आमा समूहकी अध्यक्ष बबिता प्हच्यु तमुले बधाई ज्ञापन गरेका थिए भने केन्द्रीय युवा महासचिव पवित्र प्हच्यु तमुले युवाहरुको उत्सुकता र सक्रियताको प्रशंसा गर्दै युवा कोषको लागि पाँच सउ पच्चिस पाउण्ड आर्थिक सहयोग प्रदान गरे । त्यस्तैगरि आर्थिक सहयोग रकम ग्रहण गर्दै केन्द्रय युवा महासचिवलाई धन्यवाद र्दिदै युवाहरुको उन्नति प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।






Comments