दोश्रो बैठक सम्पन्नः ४३ जना सदस्य रहेको सल्लाहकार समिति गठन
- grgy329
- Apr 28, 2024
- 3 min read

हिजो २७ अप्रिल २०२४, शनिबारको दिनमा एम्पायर हल, अल्डरशटमा तमु प्ये ल्हु संघ युकेको सातौं कार्यसमितिको अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा दोश्रो बैठक सम्पन्न भएको छ । बैठकले कार्यसमितिलाई आवश्यक पर्ने सल्लाहकार समिति, ट्रष्टी र क्षेत्रिय प्रतिनिधिहरु लगायत अन्य विभिन्न नियुक्ती गराएको छ । बैठकले संघको विधानको दफा ३ को धारा ४.३.४ मा उल्लेखित काम, कर्तव्य र अधिकार रहनेगरी, धारा ४.३.३ वमोजिमको अवधिको लागि धारा ४.३.२ वमोजिम सातौं कार्यसमितिको लागि आवश्यक सर–सल्लाह उपलब्ध गराई संघलाई अग्रगतिमा लैजान पर्याप्त सहयोग दिनेगरि ४३ जना सदस्य रहेको सल्लाहकार समितिको औपचारिक घोषणा गरी गठन प्रक्रियालाई पूर्णता दिँदै पुष्पा–गुच्छा सहित दहि–चामल मुछेको टिका लगाई दिएर अधिकारिकताको लागि स–सम्मान सल्लाहकारको परिचयपत्र प्रदान गरेको छ । सल्लाहकारहरुको नामावलीः
१) प्रमुख सल्लाहकारः श्री जगत प्हच्यु तमु
२) विशेष सल्लाहकारः प्रा. नारायण ल्हेँगे तमु
३) धार्मिक सल्लाहकारः प.पैं.चि. यारजङ क्रोम्छे तमु
४) धार्मिक सल्लाहकारः क्ल्हेप्री चिवा दान म्होब्छे तमु
५) सल्लाहकारः श्री अशोक ल्हेँगे तमु
६) सल्लाहकारः श्री सोम त्होर्जे तमु
७) सल्लाहकारः मे. (रि) खुसीमान ल्हेँगे तमु MVO
८) सल्लाहकारः श्री रन बहादुर टु क्ल्हेप्री तमु
९) सल्लाहकारः ले. (रि) मदन प्ल्हेँ तमु
१०) सल्लाहकारः मे. (रि) कृष्ण बहादुर ल्होँ तमु
११) सल्लाहकारः क्या. (रि) नर बहादुर पर्जु तमु MVO,BEM
१२) सल्लाहकारः क्या. (रि) देवराज ङोप्छे तमु
१३) सल्लाहकारः क्या. (रि) दुतमान प्हम तमु
१४) सल्लाहकारः क्या. (रि) पूर्ण बहादुर गरब्ज तमु
१५) सल्लाहकारः श्री खमिरजङ केप्छे तमु
१६) सल्लाहकारः मे. (रि) एक बहादुर ल्होँ तमु
१७) सल्लाहकारः क्या. (रि) राजु ङिची–लेम तमु
१८) सल्लाहकारः ले. (रि) कर्ण प्रसाद योज तमु
१९) सल्लाहकारः ह. ले. (रि) ओम प्रकाश ल्हेँगे तमु BEM
२०) सल्लाहकारः श्री पूर्ण क्रोम्छे तमु
२१) सल्लहकारः श्री खेम बहादुर सर्बुज तमु
२२) सल्लाहकारः श्री मान बहादुर मु्र तमु
२३) सल्लाहकारः श्री नन्द योज तमु
२४) सल्लाहकारः श्री बुद्धी बहादुर क्रोम्छे तमु
२५) सल्लाहकारः इन्जिनियर विजय त्होर्जे तमु
२६) सल्लाहकारः श्री याम बहादुर ल्होँ तमु
२७) सल्लाहकारः श्री एक बहादुर ल्हेँगे तमु
२८) सल्लाहकारः श्री सन्त प्हच्यु तमु
२९) सल्लाहकारः ले. (रि) लाल बहादुर मैन् तमु
३०) सल्लाहकारः श्री शुशिल प्हच्यु तमु
३१) सल्लाहकारः श्रीमती टकमाया लम् तमु
३२) सल्लाहकारः श्री सुवासिङ लेम् तमु BEM
३३) सल्लाहकारः श्रीमती सनमाया च्हम्रु तमु
३४) सल्लाहकारः श्रीमती पार्वती पर्जु तमु
३५) सल्लाहकारः श्री बालासिङ क्रोम्छे तमु
३६) सल्लाहकारः क्या (रि) भूवनसिङ च्हाक्ली तमु
३७) सल्लाहकारः श्री ओम प्रसाद क्रोम्छे तमु
३८) सल्लाहकारः श्रीमती विष्णु टु क्ल्हेप्री तमु
३९) सल्लाहकारः श्रीमती नन्द कुमारी ल्हेँगे तमु
४०) सल्लाहकारः मे. लोक बहादुर क्रोम्छे तमु
४१) सल्लाहकारः मे (रि) प्रकाश प्हच्यु तमु
४२) सल्लाहकारः श्री हितमान केप्छे तमु
४३) सल्लाहकारः श्री सेतु ङोर तमु

बैठकले सल्लाहकार समितिको गठन पश्चात संघको विधानको दफा ४ को धारा ४.४.३ मा तोकिए वमोजिमको अवधिको लागि धारा ४.४.४ मा उल्लेखित काम, कर्तव्य र अधिकार प्राप्त हुने गरी निर्देशक परिषद नियुक्ती एवं सम्मान गरेर गोपनियताको सपथ ग्रहण गराको छ । निर्देशक परिषदको नामावलीः
१) संयोजकः ले. (रि) कर्ण प्रसाद योज तमु
२) सह–संयोजकः श्री सोम त्होर्जे तमु
३) सदस्यः श्री अशोक ल्हेँगे तमु
४) सदस्यः श्री रन बहादुर टु क्ल्हेप्री तमु
५) सदस्यः श्री खमीरजङ केप्छे तमु

त्यसैगरि संघलाई प्राईभेट लिमिटेड कम्पनी बाई ग्यारेण्टीमा दर्ता गराए पश्चात आवश्यक परेको कम्पनी डाईरेक्टर समेत छनौट गरी घोषणा गरेको छ । डाईरेक्टरहरुको नामावलीः
१) क्या (रि) देवराज ङोप्छे तमु
२) श्री उज्जल टु क्ल्हेप्री तमु
३) श्रीमती दुर्गा देवी केप्छे तमु
४) श्री नन्द योज तमु
५) क्या (रि) पूर्ण बहादुर गरब्ज तमु

बैठकले संघले सञ्चालनमा ल्याएको परियोजनाहरुको कार्यन्वयनको लागि निम्न संयोजकहरु समेत तोकेको छ ।
१) सामुदायीक भवन तथा क्होँईवोँ परियोजनाः क्या. डेम बहादुर योज तमु
२) प्येताँ ल्हुता प्रवर्तन तथा खेगी संरक्षण परियोजनाः पूर्णबीर प्हच्यु तमु
३) युवा जागरण परियोजनाः भेग च्हाक्ली तमु
बैठकले आउँदो २९ जुन २०२४, शनिबारको दिनमा फार्नबरोमा हुने बार्षिक भेटघाट तथा गृष्मकालिन समर बिबिक्यु कार्यक्रम आयोजना गर्ने बारे विविध शिर्षकहरुमा छलफल गर्दै सम्बन्धित विधाका संयोजकहरुलाई आ–आफ्नो जिम्मेवारी दिईयो भने कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि केही नौलो रुपमा आयोजना गर्ने अवधारणालाई सर्वसम्मतीले सदर गरेको छ ।
थप फोटोहरुको लागि तलको फेसबुक लिंक थिच्नुहोस्






Comments