बेलायत भ्रमण सकेर फर्किइन् तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति महासचिव पवित्रा
- grgy329
- Jan 31, 2025
- 1 min read

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिकी महासचिव पवित्रा प्हच्यु तमु एक महिनाको बेलायत भ्रमण सकेर नेपाल फर्किएकी छन् । तमु प्ये ल्हु संघ यूकेको निमन्त्रणामा बेलायत आएकी उनी शुक्रबार स्वदेश फर्किएकी हुन् ।
पवित्रालाई बिदाइ गर्न संघका अध्यक्ष क्या. डेम बहादुर योज तमु, प्रमुख सल्लाहकार जगत प्हच्यु तमु, सचिव भेग च्हाक्ली, आमा समूहकी संस्थापक अध्यक्ष पार्वती पर्जु तमु, युवा समितिकी कोषाध्यक्ष धनरुपा योज तमु, सदस्यहरू स्मृति र आदेशलगायत विमानस्थलमा पुगेका थिए ।

सो अवसरमा केन्द्रीय युवा समितिको तर्फबाट पठाइएको मायाको चिनो महासचिव पवित्राले संघका अध्यक्षलाई हस्तान्तरण गरेकी थिइन् । यस्तै, युवाहरूले आफ्नो स्वैच्छिक योगदान गरेर व्यवस्था गरिएको उपहार युवा समितिका कोषाध्यक्ष धनरुपा योज तमुले महासचिव पवित्रालाई प्रदान गरेकी थिइन् ।






Comments