युवा समन्वयन तथा अभिनन्दन कार्यक्रम सम्पन्न
- grgy329
- Sep 23, 2024
- 1 min read

२२ सेप्टेम्बर, २०२४ आईतबारको दिनमा एम्पायर हल, अल्डरशोटमा तमु प्ये ल्हु संघ युकेले युवा समन्वयन तथा अभिनन्दन कार्यक्रम सपन्न गरेको छ । युवा सशक्तिकरण तथा परिचालन परियोजना अन्तर्गत ४० बर्ष वा सोभन्दा मुनिका छोरा, छोरी र बुहारीहरुलाई परियोजनाको उद्धेश्य अनुरुप संघमा आबद्ध र सक्रिय गराई अविभावक र युवा पिँडी बीचको समन्वय र सामिप्यताको विकास गराई मौलिक तमु संस्कार र सँस्कृतिको बारेमा सुसूचित गराउने तथा जागरण ल्याउने लक्ष्य लिएर उक्त कार्यक्रम आयोजना गरिएको हो ।

परिचयात्मक कार्यक्रमको ढाँचामा प्रस्तुत गरिएको उक्त कार्यक्रममा युवा–युवतीहरुको बाक्लो उपस्थिति रहेको थियो । जहाँ संघमा अवद्ध अविभावकहरुको देन, प्रतिष्ठा र मर्यादा आदी बारे अवगत गराउने गरी संघको केन्द्रीय सँस्थापकहरु, युकेको सँस्थापक तथा पूर्व अध्यक्षहरु, आमा समूहकी सँस्थापक तथा पूर्व अध्यक्षहरु, युवा समितिको सँस्थापक तथा पूर्व अध्यक्षहरु, खेगी गुरु (पच्यु र क्ल्हेप्री) हरु, बेलायती सेनामा एमभिओ, एमबिई र बिईएम जस्ता उच्च मान–पदक प्राप्त अविभावकहरु, विशिष्ट दिक्षित व्यक्तित्वहरुको परिचय गराई सम्मान गरिएको थियो । यसैगरि उपस्थित युवा–युवतीहरुको प्रारम्भिक परिचय गराई स्वागतार्थ गलबन्दी, घलेक र क्होँईवोँ व्याज लगाई दिएर सम्मान गरिएको थियो ।

संघ र मौलिक तमु संस्कार सँस्कृति प्रति नयाँ पिँडीको चासो र कौतुहलता बारे बुझ्नको लागि कार्यक्रममा उपस्थित युवा–युवतीहरुलाई समूहगत रुपमा अन्तरक्रियात्मक बैचारिक आदन–प्रदान समेत गराईएको थियो भने आ–आफ्नो समूहको प्रतिनिधित्व गर्दै एक–एक जनाले आ–आफ्नो समूहमा भएको बैचारिक आदन–प्रदानको आधारमा नयाँ पिँडीको संस्कार सँस्कृतिबारे सिक्न, बुझ्न उत्सुक रहेको बिचार व्यक्त गरेका थिए ।
स्वैच्छिक आर्थिक सहयोग आव्हान गरेर युवा कोष बृद्धिको लागि समेत पहल गरिएको उक्त कार्यक्रम भव्य सफल भएको थियो ।
Please click the link below for more pictures of the day:






Comments