top of page
Search

वार्षिक भेटघाट तथा समर बीबीक्यू - २०२४ सम्पन्न

गत २९ जुन २०२४, शनिबारको दिनमा सामुयल कोडी स्पोर्टस् कलेज फार्नबरोमा तमु प्ये ल्हु संघ युकेको गृष्मकालिन बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम बाक्लो जनसहभागिता सहित भव्य र सभ्य रुपमा सुसम्पन्न भएको छ । कार्यक्रममा तमु गुरु पुरोहित पच्यु क्ल्हेप्रीद्वारा छ्योप त्हेँ र थासो त्हे गराई जीवन र जगतको भलाईको लागि मंगलाचरण गरिएको थियो भने विभिन्न रमाईलो खेल लगायत साँस्कृतिक कार्यक्रम समावेश गरिएको थियो ।


रस्सा-कस्सीको रमाईलो प्रतिस्पर्धामा प्हच्यु भाई खलक युके प्रथम भएको थियो भने केप्छे-म्ह्योब्छे-योज भाई खलक युके र ल्होँ-कुप्चे भाई खलक युके क्रमशः दोस्रो र तेस्रो भएका थिए । प्रतिस्पर्धामा क्रोम्छे-त्होर्जे-थिम्चे भाई खलक युके र टु क्ल्हेप्री भाई खलक युकेले समेत सहभागिता जनाएको थिए । त्यसैगरि छेलोमा मान बहादुर केप्छे तमु १७.५ मिटरको रेकर्ड सहित प्रथम भए भने श्याम कोके तमु द्धितिय भएका थिए । बालबच्चाहरुको लागि खेलाईएको म्यूज़िकल चेयर खेल पनि बडो रमाईलो थियो ।


रस्सा-कस्सी प्रतियोगितामा प्रथम हुने प्हच्यु भाई खलक युकेले कप, स्वर्ण ट्रफी र नगद पुरस्कार प्राप्त गरे । त्यसैगरि द्धितिय हुने केप्छे-म्होब्छे-योज भाई खलक युकेले सिल्भर ट्रफी र नगद पुरस्कार हात पारे भने तृतीय हुने ल्होँ-कुप्छे भाई खलक युकेले क्होँईवोँ ब्याज र नगद पुरस्कारमा चित्त बुझाए । छेलो बिजेताहरुलाई क्रेगीले सम्मान गरी नगद पुरस्कार प्रदान गरिएको थियो भने म्यूजिकल चेयर बिजेताहरुलाई नगद पुरस्कार प्रदान गरेका थिए ।


कार्यक्रममा नेपालबाट आएको राष्ट्रीय कलाकारहरु सविना प्हच्यु तमु, उषा प्ल्हेँ तमु, तिलक प्ल्हेँ तमु र नायिका लक्ष्मी कोके तमु लगायत स्थानीय कलाकारहरुले साँगीतिक कोशेली पस्किएका थिए भने विभिन्न क्षेत्रमा सफलता हासिल गरेको व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।


मिनी मेलाको रुपमा आयोजना गरिएको कार्यक्रममा व्यावसायिक स्टलहरु पनि राखिएको थियो भने चौरमै पोलेर तातो-तातो सेल रोटी सहित खानाको मिठो परिकारहरुले कार्यक्रममा सहभागी सबैलाई लोभ्याएको थियो ।


यसरी भव्य रुपमा सम्पन्न भएको कार्यक्रमको प्रमुख संयोजन संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुले गरेका थिएँ भने पूजा र राफल ड्रको संयोजन प्रथम उपाध्यक्ष पूर्णबीर प्हच्यु तमु र आमा समूहले गरेका थिए भने सेट-अप र विभिन्न खेलको संयोजन द्धितिय उपाध्यक्ष अमर त्होर्जे तमुले गरेका थिए । त्यसैगरि पाहुना सत्कार संयोजन तृतिय उपाध्यक्ष डम्बर टु क्ल्हेप्री तमुले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको संयोजन साँस्कृतिक संयोजक जुम टु क्ल्हेप्री तमु र सहसंयोजक बिमला प्हच्यु तमुले गरेको थिए ।


टिकेटिङ, खाना, ड्रिंक्स्, पिए-प्राविधिक, सेक्यूरिटी, टेन्टिङ तथा ढुवानी, फोटो-भिडियो र सचिवालयको जिम्मेवारीहरु क्रमशः याम प्हच्यु, झक पर्जु, कृष्णकाजी खक्यु, मोहन पर्जु, केशर प्ल्हेँ, लेख ल्हेँगे, ईन्द्रेश ङोप्छे, चन्द्र योज, लुगुना म्होब्छे, wo2 याम क्होला, सेर (चित्र) प्हच्यु, नेत्र टु क्ल्हेप्री, किशोर प्ल्हेँ, मिलन ल्हेँगे र भेग च्हाक्ली र दिलिप तेलेंजे तमुले सम्हालेका थिए ।



Please visit the Facebook link below for more photo news:

 
 
 

Comments


bottom of page