

Ko] Dx:ofF 5\of Dxd', 5\of Dx:ofF Nx' Dxd', Nx Dx:ofF lDx Dxd' .
zf:q x/fP ;+:sf/ x/fp5, ;+:sf/ x/fP ;F:s[lt x/fp5, ;F:s[lt x/fP dfG5]sf] cl:tTj x/fp5 .
TAMU PYE LHU SANGH UK

td' Ko] Nx' ;+3 o's]
Registered Charity No. 1161179
तमु प्ये ल्हु संघ युके, आमा समूहको दोश्रो अधिवेशस सम्पन्न

आईतबार ६ अगष्ट २०१७ मा तमु प्ये ल्हु संघ युके आमा समूहको छैटौँ बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन सेन्डरसन हल ओर्पिङ्टनमा भव्य रुपमा सुसम्पन्न भएकोछ । आमा समूहकी अध्यक्ष पार्वती पर्जु तमुको सभापतित्वमा सुसम्पन्न भएको उक्त कार्यक्रममा तमु प्ये ल्हु संघ युकेको अध्यक्ष मेजर खुसीमान ल्हेँगे तमु एमभिओको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरि तमु प्ये ल्हु संघ केन्द्रीय सँस्थापक अध्यक्ष जंग बहादुर ल्हेँगे तमु, तमु प्ये ल्हु संघ युकेका द्धितिय उपाध्यक्ष बुद्धी क्रोम्छे तमु, कोषाध्यक्ष दिलिप तेलैँजे तमु, सहसचिव यम बहादुर ल्होँ तमु, खेगी समितिका अध्यक्ष डम्बर टु क्ल्हेप्री तमु, संचार संयोजक नेत्र टु क्ल्हेप्री तमु, पूर्वअध्यक्षद्धय जगत प्हच्यु तमु र सोम त्होर्जे तमु, पच्यु खेगी जीत क्रोम्छे तमु र क्ल्हेप्री खेगी हिरा म्होब्छे तमु अतिथि थिए ।
समूहकी सचिव यमुना प्हच्यु तमुले संचालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष बिष्णु टु क्ल्हेप्री तमुले स्वागत मन्तव्य दिनु भएको थियो भने समुहकी सल्लाहकार नन्द कुमारी ल्हेँगे तमु, पूर्व अध्यक्ष जगत प्हच्यु तमु, पूर्व अध्यक्ष सोम त्होर्जे तमु, पच्यु खेगी जीत क्रोम्छे तमु, क्ल्हेप्री खेगी हिरा म्होब्छे तमु, सामुदायिक भवन तथा क्होँईवो निर्माण समितिका प्रमुख संयोजक क्याप्टेन डेम बहादुर योज तमु र अध्यक्ष मेजर खुसीमान ल्हेँगे तमु एमभिओले बोल्नु भएको थियो ।
यसैगरि समूहका साँगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदन क्रमशः सचिव यमुना प्हच्यु तमु र कोषाध्यक्ष टक माया लम् तमुले प्रस्तुत गर्नु भएको थियो भने जनमानसले सर्वसम्मतिले दुबै प्रतिवेदनलाई समर्थन गरी अनुमोदन गराएका थिए । सचिव यमुना प्हच्यु तमुले हालसम्म आमा समूहले गरेका विभिन्न गतिविधीहरुलाई समेटेर बडो प्रभावकारी प्रतिवेदन प्रस्ततु गर्नु भएको थियो भने कोषाध्यक्ष टक माया लम् तमुले हालसम्मको हिसाब किताबलाई सरल र प्रष्ट रुपमा प्रस्तुत गर्नु भएको थियो । यसैगरि सभापतिको आसनबाट बोल्दै अध्यक्ष पार्वती पर्जु तमुले तमु प्ये ल्हु संघको उद्धेश्य पुरा गराउन र संघले आयोजना गरेको विभिन्न कार्यक्रमहरु सफल बनाउनको लागि आमा समूहले खेलेको उल्लेखनिय भूमिका र जिम्मेवारीहरुलाई संक्षिप्त रुपमा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा आमा समूहको तेश्रो कार्यसमिति चयन गरिएको थियो । सल्लाहकार नन्द कुमारी ल्हेँगे तमुको संयोजकत्वमा मन्जु टु क्ल्हेप्री तमु, सनमाया च्हम्रु तमु, बुद्धी क्रोम्छे तमु र अमर त्होर्जे तमु सदस्य रहेको निर्वाचन मण्डलले बिष्णु टु क्ल्हेप्री तमुको अध्यक्षतामा सदस्यहरु लगायत अतिरिक्त पदहरुमा पछि नियुक्त गर्नेगरि तेश्रो कार्यसमिति गठन गराउन जिम्मेवारी निभाएका थिए । पूर्व उपाध्यक्ष बिष्णु टु क्ल्हेप्री तमुको अध्यक्षतामा गठित तेश्रो कार्यसमितिमा प्रथम उपाध्यक्ष टक माया लम् तमु, द्धितिय उपाध्यक्ष बीजमाया थिम्चे तमु, सचिव बबिता प्हच्यु तमु, सहसचिव अनिता प्ल्हेँ तमु, कोषाध्यक्ष माया क्रोम्छे तमु र सहकोषाध्यक्ष मिना ल्हेँगे तमु रहनु भएकोछ भने प्रमुख सल्लाहकार र महिला संयोजकमा क्रमशः पार्वती पर्जु तमु र यमुना प्हच्यु तमुलाई नियुक्त गरेको छ ।
नव गठित तेश्रो कार्यसमितिलाई पच्यु चिवा जीत क्रोम्छे तमुले सपथ ग्रहण गराएका थिए भने पच्यु चिवा जीत क्रोम्छे तमु र क्ल्हेप्री चिवा हिरा म्होब्छे तमुले प्हैरु (रिप) लगाई दिएर मलाँ दिएका थिए भने प्रमुख अतिथि तथा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुसीमान ल्हेँगे तमु एमभिओले पछ्यौरा ओढाई पुष्पागुच्छा दिएर बधाई तथा सम्मान गर्नु भएको थियो । यसैगरि निर्वाचन मण्डलले नव गठित तेश्रो कार्यसमितिलाई बधाई दिनुका साथै निर्वाचन जिम्मेवारी दिएकोमा आमा समूहलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।
तमु पें ल्हु संघ यूकेको आमा समुहा को नवनिर्बचित
आधक्ष - बिष्णु टु क्ल्हेप्री तमु
उपआधक्ष - टकमाया लम तमु
सह उपआधक्ष- बिजमाया थिम्जे तमु
सचिब - बबिता प्हच्यु तमु
सह सचिब -अनिता प्ल्हें तमु
कोसअाधक्ष - माया क्रोमजे तमु
सह कोसअधक्ष - मिना ल्हेंगें तमु
प्रमुख सल्लाहकार - पार्बती पर्जु तमु
महिला संयोजक - यमुना प्हच्यु तमु
