
शास्त्र हराए संस्कार हराउछ्, संस्कार हराए संस्कृति हराउछ्, संस्कृति हराए मान्छे हराउछ!
TAMU PYE LHU SANGH UK


तमु प्ये ल्हु संघ युके
Charity Registration No. 1161179
तमु प्ये ल्हु संघ यु के को प्रथम पुर्ण बैठक नयाँ कार्य समितिको प्रयोजनमा सु-सम्पन्न
तमु प्ये ल्हु संघ युकेको पहिलो पूर्ण बैठक गत ०८ अप्रिल २०१७ शनिबारका दिन सामुयल कोडी स्पोर्ट सेन्टर, फार्नबोरोमा संघका अध्यक्ष मे . रि . श्री खुशीमान ल्हेंगे तमु एमभिओको अध्यक्षतामा सफलताको साथ सम्पन्न भयो ।

बैठक पूर्ण निर्धारित समय अनुसार दिउँसोको १२:३० बजे संघका सचिब श्री खेम बहादुर सरब्ज तमुज्यूले सभामा उपस्थित हुनुभएका संघ संग सम्बन्धित विशिष्ट ब्यक्तिहरु, महिला वर्गहरु, लगायतउपस्थित हुनुभएको सम्पूर्ण सदस्यहरुलाई सम्बोधन गर्नु हुदै बैठक प्रारम्भ गर्नु भएको थियो । बैठकको शुरुवातमा तमुको प्रथा अनुसार संघका अध्यक्ष र बिशेष धर्मगुरु पच्युपैंडी चिब श्री यारजङ्ग क्रोम्छें तमुद्वारा धुप बाली थालानी गर्नु भएको थियो ।
बैठकमा अध्यक्षद्वारा संघको अगामी भविष्यको मार्ग के कसरी अगाडि लैजाने भन्ने बिषयबस्तुहरुमा बैठकमा भेला भएका सदस्यहरु माझ स्पष्ट पार्नु भएको थियो । बिशेषता अध्यक्षज्युले मुख्य पाँच रणनीतिहरुः प्रेरित, एकता, वर्गिकरण, सहयोग, सुधारका विशेष महत्वहरु र यि बस्तुहरुले खेल्ने मुख्य भुमिकाहरुका बारेमा प्रष्ट पार्नु भएको थियो।
साथै, अध्यक्षद्वारा, बिभिन्न क्षेत्रका बिशिष्ट सल्लाकारहरुको औपचारिक रुपमा चयन गर्नुहुदै उहाँहरुको महत्वपूर्ण भूमिकाको बारेमा स्पष्ट व्याख्या गर्नु भएको थियो । मुख्यतयाः वर्तमान कार्यसमितिले तय गरेको तीन बर्षको कार्ययोजनाहरु के–कसरी अगाडि सार्ने भन्ने बारेमा पनि अध्यक्षज्युले मार्ग दर्शन सहित विस्तृत रुपमा प्रस्तुत् गर्नुभएको थियो ।
यसै अवसरमा अति नै महत्वपूर्ण र सह्रानीय तथा प्रेरणादायी युवापिढीं पच्यु अमृत ङोपचें तमुले पच्युपैंडी चिबाद्वारा ३० वटा जग्गे (यज्ञ) गर्न सक्ने विज्ञमा स्नातक ज्ञान हासिल गर्नु भएकोमा उहाँलाई संघका अध्यक्ष मे. रि. श्री खुसिमान ल्हेंगे तमु तथा पच्युपैंडी चिब श्री यारजङ्ग क्रोम्छें तमुद्वारा प्रमाणपत्र सहित क्रेकि लगाई सम्मान गरिएको थियो ।

यसका थप, बैठकमा इञ्जिनियर श्री विजय तोर्जे तमुको नेतृत्वमा निकट भविष्यमा हुन गईरहेको भव्य तमु साँस्कृतिक कार्यक्रमको परियोजनाबारे कार्यसमिति लगायत उपस्थित सदस्यहरुमा पूर्ण विवरणका साथ उहाँले प्रस्तुत् गर्नुभएको थियो । यस तमु साँस्कृतिक कार्यक्रमको मुख्य उद्देश्य तमु प्ये ल्हु संघ युकेले अगाडि सारेको भावी योजना धार्मिक कोईबु तथा सामाजिक भवन निर्माण सहयोगार्थ चन्दा संकलन गर्ने योजना रहेको इन्जिनिर श्री विजयले स्पष्ट पार्नु भएको थियो । साथै, कार्यक्रममा सहभागी कलाकारहरु नेपालबाट झिकाइने हुँदा त्यसका लागि चाहिने पुर्व तयारी र जरुरी व्यवस्थाहरु के–कसरी ब्यवस्थित गर्ने बारे पनि बैठक लाई अवगत गराउनु भएको थियो ।

बैठकको अर्को प्रसंगमा सल्लाहकार क्या. रि . श्री बुद्धि कुमार पर्जु तमुद्वारा क्लेह्प्रि चिबमिम टुक्ले ह्प्रिको कानुनी मामला सम्बन्धित उहाँले दिनुभएको अथक परिश्रम साथै मामलाको वर्तमान स्थितिको व्यापक अद्यावधिक स्पष्टका साथ बैठकलाई जानकारी गराउनु भएको थियो ।
यसका लगायत, नेपाली राजदुताबास लण्डनले आयोजना गरेको कार्यक्रममा संघको नेतृत्वगर्दै साँस्कृतिक नृत्यमा योगदान पु¥याउनु भएका कलाकारहरुलाई संघका अध्यक्षद्वारा सम्मान स्वरुप तमुको परम्परा अनुसार कर्मु प्रदान गर्नु भएको थियो ।

बैठकको सिलसिलामा तमु प्ये ल्हु संघ युकेको नयाँ वेभसाइटको उद्घाटन गर्नु हुदै वर्तमान परिपेक्षमा यसको आवश्यकता र महत्वहरुको बारेमा संघका अध्यक्षले अवगत गराउनु भएको थियो ।
अन्ततः बैठकका मुख्य बुंदाहरुलाई सारांश गर्नु हुदै अध्यक्षज्युले निर्धारित सयम बमोजिम बेलुकीको ६:३० बजे बैठकको बिसर्जन गर्नु भएको थियो |
जय तमु प्ये ल्हु संघ यु के| जय तमुमे |