top of page

धुमाधामले मनायो सप्ह्री ल्होसार

Updated: May 6

तमु प्ये ल्हु संघ युकेले सप्ह्री ल्होसार पर्व धुमाधामले मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा ३० डिसेम्बर २०२४ का दिन ल्होसार महोत्सव आयोजना गरिएको हो । संघका अध्यक्ष क्या। डेम बहादुर योज तमुको सभापतित्व र बेलायतका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिहान ९ बजेदेखि परम्परागत रुपमा धार्मिक पूजा अर्चना गरेर गिद्ध (जाने वर्ग) र सप्ह्री ल्हो (आउने वर्ग) को बिदाइ तथा स्वागत गरिएको थियो ।


जगत र मानवको भलाई अर्थात् स्वस्ति शान्ति तथा समृद्धिको लागि खेगी गुरु (पच्यु र क्ल्हेप्री) द्वारा छ्योप, पार्क र थासोँ त्हेँ (पूजा) गराइएको थियो । पूजापछि दर्शनार्थीहरुलाई प्हैरु लगाइदिएको थियो ।


कार्यक्रममा तमु धीं यूके, तमु समाज युके, मगर संघ युके, ठकुरी समाज युके, एनआरएनए युकेलगायत बेलायतमा क्रियाशील विभिन्न संघ–संस्थाहरुको आतिथ्यता रहेको थियो । त्यस्तै बेलायत भ्रमणमा रहेका तमु धिं नेपालका अध्यक्ष हुम तमु, तमु सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला तमु र तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिका महासचिव पबित्रा प्हच्यु तमुको विशेष उपस्थिति रहेको थियो ।


सचिव भेग च्हाक्ली तमुले सन्चालन गरेको औपचारिक कार्यक्रमलाई कार्यवाहक राजदूत दुवाडीले सम्बोधन गरेका थिए भने खेकु र माङीको सांकेतिक आधारमा नौबाट काउण्ड डाउन गरी मुप्ह्री (गिद्ध) वर्गको बिदाई तथा सप्ह्री (सर्प) स्वागतार्थ ल्होसार मार्किङ गरिएको थियो ।


अध्यक्ष क्या। डेमबहादुर योज तमु, कार्यवाहक राजदूत विपिन दुवाडी, तमु धीं युकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी तमु, तमु समाज युकेका अध्यक्ष बिन्दु घले गुरुङ, तमु प्ये ल्हु संघ युकेका संस्थापक अध्यक्ष अशोक ल्हेँगे तमु, पूर्व अध्यक्षहरु जगत प्हच्यु तमु, सोम त्होर्जे तमु, मे। खुसीमान ल्हेँगे तमु, रन बहादुर टु क्ल्हेप्री तमु, आमा समूहकी अध्यक्ष बबिता प्हच्यु तमु, संस्थापक आमा अध्यक्ष पार्वती पर्जु तमु, पूर्वअध्यक्ष विष्णु टु क्ल्हेप्री तमु, लमजुङ समाज युकेको आमा समूहकी अध्यक्ष माला घले, तमु धिं नेपालका अध्यक्ष हुम तमु, तमु सन्चारकर्मी संघ नेपालका अध्यक्ष लाला तमु, तमु प्ये ल्हु संघ केन्द्रीय युवा महासचिव पवित्रा प्हच्य तमु र प्रोपर्टी प्रोजेक्टका संवाददाता पिताम्बर ल्होँ तमुले ल्होसार मार्किङका लागि कन्फेटी पोप्पर पड्काएका थिए ।


नेपालबाट सांगीतिक भ्रमणका क्रममा बेलायतमा रहेका राष्ट्रिय कलाकारहरु राजबहादुर तमु, शितल तमु, आश्रम तमु, बिमला तमु र तिलक तमुले विभिन्न गीत प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

त्यसैगरी तमु प्ये ल्हु संघ केन्द्रीय युवा महासचिव पवित्रा प्हच्यु तमु र साजन टु क्ल्हेप्री तमु लगायतका कलाकारहरुको समूहले स्वागत नृत्य प्रस्तुत गरेको थियो ।


click the link below for more pictures:

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page