top of page

कलाकारहरुको सम्मान तथा विदाई

गत शनिबार ७ सेप्टेम्बर २०२४ को दिनमा तमु प्ये ल्हु संघ युकेले औपचारिक रुपमा कलाकारहरुको भेटघाट, सम्मान तथा बिदाई गर्यो । साँगितिक भ्रमणको क्रममा वेलायत आउनु भएको कलाकारहरु सविना प्हच्यु तमु, लक्ष्मी कोके तमु र उषा प्ल्हेँ तमुलाई तमु प्ये ल्हु संघ युकेले सम्मान गरेको हो । बेलायत रहँदा वहाँहरुले विभिन्न साँगितिक कार्यक्रमहरुमा दिनु भएको आफ्नो प्रस्तुतीहरुले तमु जातिको भाषा, भेषभुषा तथा कला र सँस्कृतिको जगेर्णा गर्ने कार्यमा टेवा दिएको ठहर गर्दै सम्मान गरेको हो भने बेलायतको साँगितिक भ्रमणलाई विट मार्दै स्वदेश फर्किने तयारीमा रहेको हुनाले सँस्थाको तर्फबाट कलाकारहरुलाई विदाई पनि गरेको हो ।


कलाकार भेटघाटको क्रममा आमा समूहकी अध्यक्ष बविता प्हच्यु तमुले पछ्यौरा ओढाएर क्होँईवोँ ब्याज लगाई दिएको थियो भने संघको प्रथम महिला चन्द्रसुबा मैन् तमुले पुष्पा-गुच्छा दिएर सम्मान गरेका थिए । त्यसैगरी प्रमुख सल्लाहकारको बाहुलीबाट उपहार प्रदान गरिएको थियो भने संघको अध्यक्ष क्या. (रि) डेम बहादुर योज तमुले प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । सम्मान तथा बिदाईलाई जोड्दै तमु प्ये ल्हु संघ युकेका आमा समूहको सँस्थापक अध्यक्ष पार्वती पर्जु तमुले नगद उपहार दिनुभएको थियो ।


बेलायतमा रहँदा कलाकारहरुले दिनु भएको विभिन्न रमाईलो प्रस्तुतीहरुको सम्झना गर्दै अध्यक्ष क्या. (रि) डेम बहादुर योज तमुले कलाकारहरुले तमु भेषभुषा लगाएर, तमु भाषा बोलेर, तमु भाषाको गीत गाएर तमु भाषा, भेषभुषा तथा कला-सँस्कृतीको संरक्षण र प्रवर्धन कार्यमा टेवा दिएको कुरा बताउनु भयो । जो जुन क्षेत्रमा भए पनि आ-आफ्नो क्षेत्रबाट तमु धर्म, भाषा, संस्कार सँस्कृती तथा भेषभुषा जगेर्णाको लागि आफुले सक्ने योगदान दिन अत्यावश्यक रहेको बताउदै गीत-सँगित तथा कलाकारिता क्षेत्रबाट पनि सबै तमु कलाकारहरुले आफु-सक्दो योगदान दिन अनुरोध गर्दै बेलायतको साँगितिक भ्रमणको क्रममा कलाकारहरु सविना, लक्ष्मी र उषाले दिएको प्रस्तुतीहरुको सराहना गर्दै धन्यवाद प्रकट गर्नु भयो भने कलाकारहरुको प्रतिनिधित्व गर्दै सविना प्हच्यु तमुले कलाकारहरुलाई धेरै माया, आशिर्वाद र सदभाव दिनु भएकोले विदेशमा पनि एक्लो र नौलो महशुष नभएको बताउदै सबैलाई धन्यवाद दिनु भयो ।




 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page