top of page

तमु प्ये ल्हु संघ युकेले थेब त्हेँ आयोजना गर्ने

तमु प्ये ल्हु संघ युकेले आगामी ३०–३१ अक्टोबर र १ नोभेम्बर २०२६ गरी तीन दिन लगातार थेब त्हेँ आयोजना गर्ने भएको छ । तमु प्ये ल्हु संघ युकेको प्रोपर्टी प्रोजेक्टको बाँकी योजनाहरु सम्पन्न गराउन, सामुदायीक भवनमा थप संरचनाहरु तथा क्होँईवोँ निर्माण गर्न, खेगीगुरुहरुको शास्त्र (प्ये) लेखन तथा प्रकाशन गर्न र प्येताँ ल्हुताँ प्रवर्तनको लागि श्रव्यदृश्य निर्माण तथा प्रशारण अभियानहरु सञ्चालन गर्न आवश्यक आर्थीक संकलन गर्नेगरी तमु वोँन धर्म शास्त्रमा आधारित पूजाआज गराई धार्मिक प्रबचन समेत गराउने गरी उक्त थेब त्हेँ आयोजना गर्न लागेको संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुले बताए ।


आईतबार, १२ जुलाई २०२६ का दिन, संघको सामुदायिक भवन रिडिङमा बसेको बैठकले गत शनिबार २७ जुन २०२६ मा आयोजित बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रमको समिक्षा समेत गरेको छ । बैठकले बार्षिक भेटघाट तथा समर बिबिक्यु व्यवस्थापन मिलाए वमोजिम सबै कोणबाट राम्रो र प्रभावकारी भएको निर्क्यौल गरेको छ । उक्त दिनमा एलजी फेस्ट र एनएएफडी इभेन्ट लगायतका धेरै कार्यक्रमहरु एकै दिनमा परेको कारण जनउपस्थिति सोचेकोभन्दा कम भएको निर्क्यौल समेत गरेको उक्त बैठकले आगामी दिनहरुमा यस्तो जनप्रभावित कार्यक्रमहरुलाई मध्यनजर गरी मिति तय गर्नु पर्ने तर्फ समेत बिचार पुराएको छ । गत बर्षको अनुभव र कमिकम्जोरीहरुलाई ध्यानमा राखेर व्यवस्थापनमा जोड दिइएको यस पटकको बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम उपलब्धि मुलक र फलदायी बनेको समिक्षा गरेको छ ।


बैठकमा संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुले आगामी अक्टोबर ३०,३१ र नोभेम्बर १ तारिक गरी लगातार तीन दिनसम्म हुने थेबत्हेँको योजना, परिकल्पना र उद्धेश्यमाथी प्रकाश पार्दै प्रस्तावना पेश गर्नु भएको थियो । हरेक बर्ष आयोजना गरिने च्यारिटी डिनर नाईट कार्यक्रमलाई स्थगीत गरी उस्तै लक्ष्य र उद्धेश्य सहित संघको प्रोपर्टी प्रोजेक्टको बाँकी योजनाहरु सम्पन्न गराउन, सामुदायीक भवनमा थप संरचनाहरु तथा क्होँईवोँ निर्माण गर्न, खेगीगुरुहरुको शास्त्र (प्ये) लेखन तथा प्रकाशन गर्न र प्येताँ ल्हुताँ प्रवर्तनको लागि श्रव्यदृश्य निर्माण तथा प्रशारण अभियानहरु सञ्चालन गर्न आवश्यक आर्थीक रकम संकलन गर्ने गरी कल्याणकारी कामको लागि उक्त थेबत्हेँ आयोजना गर्न लागेको बुझिएको छ ।


थेबत्हेँको प्रस्ताव पेश गर्दै अध्यक्ष क्या. डेम बहादुर योज तमुले थेबत्हेँको बिस्तृत बिवरण लिखित रुपमा तयार गरी आवश्यकता अनुसार बैठक आव्हान गर्दै थेबत्हेँको तयारीलाई तिब्रता दिने बताएका छन् भने थेबत्हेँमा विशेष धार्मिक अनष्ठानहरु सहित धार्मिक प्रवचन समावेश गराई जनमानसलाई प्येताँ ल्हुताँको बारेमा जानकारी गराउने लक्ष्य सहित नेपालबाट विज्ञ धर्मगुरुहरु बोलाउने योजना समेत रहेको बताएका छन् । हाल छलफल तथा तयारीको प्रारम्भिक चरणका


कामहरु शुरु गरिएको हुनाले यसबारेमा थप स्पष्ट गराउन अझ जरुरी रहेको अवस्थामा को के कसरी बोलाउने र के कस्तो यज्ञहरु र कुन बिषयहरुमा प्रबचन गराउने भन्ने कुराहरु निश्चित भई सकेको अवस्था नभएको पनि बताए भने थप अपडेटहरु दिँदै तयारीको लागि सबै स्रोत र साधानहरु परिचालन गर्दै लक्ष्यमुखी काम बढाउने तयारी गरिरहेको कुरा खुलाएका छन् ।



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page