क्ल्हेप्री गुरु चित्र सिङ कोके बेलायत आई पुग्यो
Updated: Nov 11
तमु प्ये ल्हु संघ युकेको आयोजनामा यही २०२६, ३० अक्टोबर, शुक्रबारदेखि १ नोभेम्बर आईतबारसम्म रिडिङमा हुन गई रहेको तीन दिने सामुदायिक भवन समुदघाटन तथा थेबा त्हेँ (महायज्ञ) मा सहभागी हुनको लागि नेपालदेखि क्ल्हेप्री गुरु चित्र सिङ कोके तमु बेलायत आई पुगेको छ ।

तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा धार्मिक अनुष्ठान तथा प्रवचन कार्यक्रममा सहभागी हुनका लागि बेलायत आएका क्ल्हेप्री गुरु चित्र सिङ कोके तमुलाई संघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार सोम त्होर्जे तमुले हवाई यात्रामा साथ दिएका थिए भने संघका अध्यक्ष क्या. डेम बहादुर योज तमु लगायत कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु लगायत आमा समूह र युवा समितिका प्रतिनिधिहरुले हिथ्रो एयरपोर्टमा स्वागत गरेका थिए ।

स्वागतको क्रममा संघका अध्यक्ष क्या, डेम बहादुर योज तमुले क्ल्हेप्री गुरु चित्र सिङ कोके तमुलाई क्रेगी र प्हैरु लगाई दिएका थिए भने तृतिय उपाध्यक्ष तथा क्ल्हेप्री गुरु डम्बर टु क्ल्हेप्री तमुले प्हैरु जप गरी लगाई दिएका थिए । त्यसैगरि अन्य उपस्थित सबैले प्हैरु लगाई दिएर स्वागतार्थ सम्मान गरेका थिए ।

स्वागतकै लागि गोर्खा जिल्ला तमु समाजका उपाध्यक्ष राजकुमार तमु र गोर्खाली समाजका अध्यक्ष टकमाया लम तमु पनि एयरपोर्टमा पुग्नु भएको थियो ।





Comments