क्होला सोँप्रे ट्हो अध्ययन, अवलोकन तथा अन्वेषण भ्रमण बारे पत्रकार सम्मेलन
- grgy329
- Apr 17
- 1 min read
Updated: 15 hours ago

यही १७ अप्रिल २०२६, शुक्रबारको दिनमा तमु प्ये ल्हु संघ, फ.लि.ना. क्होँईवो, शक्तिघाट, पोखरामा क्होला सोँप्रे ट्हो अध्ययन, अवलोकन तथा अन्वेषण भ्रमण बारे जानकारी गराउनको लागि पत्रकार सम्मेलन सम्पन्न गरेकोछ । तमु प्ये ल्हु संघ युकेको आयोजना तथा केन्द्रीय समितिको समन्वयमा हुने उक्त भ्रमणको जानकारी लिन तथा समाचार संकलनको लागि दुई दर्जनभन्दा बढी स्थानीय र राष्ट्रीय सन्चारकर्मी पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा तमु प्ये ल्हु संघ केन्द्रीय महासचिव हर्क योज तमुले कार्यक्रम सन्चालन गरेका थिए भने विशेष उपस्थितिको आसनमा रहेका केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्चे तमुले संघको नाम र परिचय बारे प्रष्टाएका थिए । त्यसैगरि तमु प्ये ल्हु संघ युकेका सचिव भेग च्हाक्ली तमुले पत्रकार सम्मेलनको प्रेस नोट पढेर सुनाएका थिए ।
उपस्थित पत्रकारहरुको जिज्ञासा मेटाउन सचिव भेग च्हाक्ली तमु, खेगी अध्यक्ष जीत क्रोम्छे तमु र अध्यक्ष क्या. डेम बहादुर योज तमुले पत्रकारहरुद्धारा सोधिएका प्रश्नहरुको जवाफ दिएका थिए ।

भ्रमणको बारेमा जानकारी गराउने हेतुले आयोजित कार्यक्रममा उपस्थित सन्चारकर्मी पत्रकारहरु सबैलाई संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुले सर्वसाधारणको जानकारीको लागि आ–आफ्नो पत्र–पत्रिका, टेलिभिजन र रेडियो जस्ता सन्चार माध्ययमबाट प्रशारण गरी सहयोग गरिदिन अनुरोध गर्दै उपस्थित सबै सन्चारकर्मी पत्रकारहरुलाई धन्यवाद प्रकट गर्दै भ्रमण सफलता पूर्वक पुरा गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरेका थिए ।
नोटः प्रेस नोटको पुरा अंश पढ्नको लागि तलको लिंक क्लिक गर्नुहोस् ।
नोटः अनलाईनमा प्रकाशित समाचार पढ्नको लागि तलको लिंक क्लिक गर्नुहोस्




Comments