top of page
Search

साइतको लागि छ्योप पूजा सम्पन्न

शनिबार, २०८३ बैशाख ५ गते बिहान तमु प्ये ल्हु संघ केन्द्रीय परिसर, फ.लि.ना. क्होँईवोँ धिँमा साइतको लागि छ्योप पूजा सम्पन्न गरेका छन् । तमु प्ये ल्हु संघ युकेको नेतृत्वमा बैशाख ६ गतेदेखि ११ गतेसम्म क्होला अध्ययन, अवलोकन तथा अन्वेषणका लागि जान लागेका भ्रमण टोलीको यात्रा सफलता र लक्ष्य पुरा होस् भन्ने कामना सहित बाधा र अप्ठेराहरु केही नहोस्, सबै देवी देउराली, सिमेभूमेले साथ दियोस्, भ्रमण दलमा सहभागी सबैजना सकुशल रहोस्, दुख–बिमार केही नहोस्, सबैलाई क्ल्हेसोँदी प्ह्रेसोँदी र आचिखे आचिमाँले रक्षा गरुन् भन्ने प्रार्थनाका लागि गरिएको पूजा केन्दमा पच्यु चेला प्रशिक्षकको रुपमा कार्यरत सिकलेसका पच्यु चिवा ल्हेँगे तमुको समूहले सम्पन्न गराएका थिए ।


भ्रमण दलमा सहभागी हुने सबैजनाको नाममा सम्पन्न गरिएको उक्त छ्योप पूजामा भ्रमण दलका सहभागीहरुले दीप प्रज्वलन गरी आफ्नो कुल–पितृ सम्झिएर मनोकामना सहित प्रार्थना गरेका थिए भने भ्रमण दलका मुलिका रुमा संघका अध्यक्ष क्या. डेम बहादुर योज तमु र आमा समूहकी अध्यक्ष बबिता प्हच्यु तमुको उपस्थिति रहेको थियो ।


अध्यक्ष क्या. डेम बहादुर योज तमुले दीप प्रज्वलन गरी धुप–धाँयर गरेको उक्त छ्योप पूजाको समापन पश्चान प्रसाद ग्रहण तथा खानापिनाको बन्दोवस्त गरिएको थियो । खानापिनाको व्यवस्थापनमा तमु प्ये ल्हु संघ केन्द्रीय समिति र कास्की जिल्ला समितिले सहयोगीको भूमिका निभाएका थिए ।


 
 
 

Comments


bottom of page