क्होला सोँप्रे ट्हो भ्रमण व्यवस्थापन– सहभागी र भूमिका
- grgy329
- Apr 25
- 4 min read
Updated: May 26

तमु प्ये ल्हु संघ युकेको सातौं कार्यसमितिको अध्यक्ष पदमा मनोनित भएसँगै अध्यक्ष, क्याप्टेन डेम बहादुर योज तमुले तीन बर्षिय कार्यकालको कार्ययोजना तथा प्रतिबद्धता अन्तर्गत तेश्रो बर्षमा क्होला सोँप्रे ट्हो भ्रमण गरी तमु जातिको ऐतिहासिक एवं पैतृक थलोको संरक्षण, सम्बर्धन तथा प्रवर्धन सँगसँगै शास्त्र (प्ये) मा उल्लेखित विशेष स्थानहरुको खोज–अनुसन्धान गरी प्रकाशमा ल्याउने घोषणा गर्नु भएको थियो । सोही वमोजिम दोश्रो बर्षमा अर्थात ३१ मार्च २०२५, सोमबारको दिनमा तमु प्ये ल्हु संघ युकेको एउट प्रतिनिधि मण्डलले तमु प्ये ल्हु संघ केन्द्रको भ्रमण गरी केन्द्रीय समितिको समन्वयमा क्होला सोँप्रे ट्होको अध्ययन, अवलोकन तथा अन्वेषण भ्रमण गर्ने बारे जानकारी गराइएको थियो । साथै तमु प्ये ल्हु संघ प्रवास समितिहरु सबैलाई सहभागीता र सहकार्यको लागि अनुरोध गरी पत्राचार गरेर भ्रमणको योजना र व्यवस्थापन तयारी गरिएको थियो । यसरी योजनाबद्ध रुपमा पूर्वतयारी गरे अनुसार संघको अध्यक्ष क्याप्टेन डेम बहादुर योज तमुको नेतृत्वमा गत २०८३ बैशाख ६ गतेदेखि ११ गतेसम्म तदानुसार २०२६ अप्रिल १९ तारिखदेखि २४ तरिखसम्म क्होला सोँप्रे ट्हो अध्ययन, अवलोकन तथा अन्वेषण भ्रमण सम्पन्न भएको छ । भुजुङको मार्ग भएर क्होला सोँप्रे ट्हो पुगेर सिकलेस हुँदै आएको टोलीले छ दिनको भ्रमण सकेर फर्किएको छ । भ्रमणलाई व्यवस्थित र समस्या रहित बनाउनको लागि राम्रो तयारी तथा व्यवस्थापन मिलाइएको यस क्होला सोँप्रे ट्हो भ्रमण टोलीमा ९ जना खेगीगुरुहरु, ३ जना मिडियाकर्मी र ३० जना सहयोगीहरु समेत गरेर ५७ जनाको सहभागीता रहेको थियो ।
सहभागीहरुको नामावलीः

१) अध्यक्ष, क्याप्टेन डेम बहादुर योज तमु
२) द्धितिय, उपाध्यक्ष, अमर त्होर्जे तमु
३) सचिव, भेग च्हाक्ली तमु
४) आमा समूह अध्यक्ष, बबिता प्हच्यु तमु
५) सुरक्षा संयोजक, चन्द्र योज तमु
६) प्रमुख सल्लाहकार, जगत प्हच्यु तमु
७) सल्लाहकार, सोम त्होर्जे तमु
८) सल्लाहकार, नन्द योज तमु
९) ट्रष्टी, पिताम्बर ल्होँ तमु
१०) आमा समूह सचिव, लक्ष्मी तमु
११) आमा समूह कोषाध्यक्ष, भिमादेवी च्हार्ल तमु
१२) सदस्य, कृष्ण बहादुर पर्जु तमु
१३) सदस्य, पूर्ण कुमारी मैन् तमु
१४) सदस्य, अन्जु ल्होँ तमु
१५) सदस्य, सन्ध्या लेम् तमु
१६) सदस्य, हितमान त्होर्जे तमु
१७) सदस्य, पूजा त्होर्जे तमु (रिया)
खेगीगुरुहरुः
१८) पच्यु चिवा, जीत क्रोम्छे तमु (खेगी अध्यक्ष, तमु प्ये ल्हु संघ युके)
१९) पच्यु चिवा, डा. पोल बहादुर क्रोम्छे तमु (सिकलेस)
२०) क्ल्हेप्री चिवा, चन्द्रमान टु क्ल्हेप्री तमु (घिम्राङ, घनपोखरा)
२१) पच्यु चिवा, याम बहादुर क्रोम्छे तमु (सिकलेस)
२२) पच्यु चिवा, युग बहादुर क्रोम्छे तमु (सिकलेस)
२३) क्ल्हेप्री चिवा, याम बहादुर टु क्ल्हेप्री तमु (सिकलेस)
२४) पच्यु, भासर क्रोम्छे तमु (सिकलेस)
२५) पच्यु, बुद्धि कुप्छे तमु (युके)
२६) पच्यु, पूर्ण ल्होँ तमु (घान्द्रुक)
भिडियो/फोटो/रिपोर्टर
२७) मिलन ल्हेँगे तमु (म्यानेजिङ डाइरेक्टर, गोर्खा मिडिया)
२८) टेकमान प्हच्यु तमु (भिडियोग्राफर)
२९) चन्द्र प्हच्यु तमु (फोटोग्राफर)
सहयोगीहरुः

३०) हुम पाल्जैं तमु
३१) विकास प्हम्मै तमु
३२) तिर्थमान प्हच्यु तमु
३३) गम बहादुर प्हम्मै तमु
३४) गोरे सुकुमै तमु
३५) तक्त बहादुर चोर्मी तमु
३६) सोम बहादुर केप्छे तमु
३७) किरण प्हच्यु तमु
३८) रबिन टु क्ल्हेप्री तमु
३९) कुश बहादुर क्रोम्छै तमु
४०) केश बहादुर चोर्मी तमु
४१) देउ बहादुर प्हच्यु तमु
४२) राजु क्रोम्छै तमु
४३) बिजमान क्रोम्छै तमु
४४) बीर बहादुर चोर्मी तमु

४५) बम बहादुर प्हच्यु तमु
४६) राजेन्द्र चोर्मी तमु
४७) रुप बहादुर क्रोम्छै तमु
४८) खुश बहादुर चोर्मी तमु
४९) धन बहादुर प्हच्यु तमु
५०) मेन बहादुर प्हच्यु तमु
५१) चन्द्रबीर क्ले तमु
५२) युवराज क्ले तमु
५३) करण ङोप्छे तमु
५४) राम बहादुर ङोप्छे तमु
५५) साहिल ल्हेँगे तमु
५६) भूपेन्द्र ङोप्छे तमु
५७) गेहेन्द्र ल्हेँगे तमु

अन्य सहभागीहरुः
१) चन्द्र सुबा मैन् तमु
२) मिना ल्हेँगे तमु
३) पार्वती पर्जु तमु
४) याम कुमारी च्हम्रु तमु
५) लुगुना म्होब्छे तमु
६) सुक बहादुर सर्बुज तमु
७) पबित्रा प्हच्यु तमु
८) होम ल्होँ तमु
९) प्रज्वल पाल्जैं तमु
१०) प्रनित पाल्र्जै तमु
भूमिका र जिम्मेवारीहरुः

भ्रमणलाई राम्रो व्यवस्थापन मिलाउन र सहभागीहरुको स्वास्थ्य, सुरक्षा र रेखदेखमा विशेष ध्यान दिन यो भ्रमणलाई सबै कोणबाट विश्वासनीय बनाउने चेष्टा गरिएको थियो । जस अनुसार संघको अध्यक्ष क्या. डेम बहादुर योज तमुले भ्रमणको नेतृत्व गरी संयोजकको भूमिका निभाउनु भएको थियो भने द्धितिय उपाध्यक्ष अमर त्होर्जे तमुले सहसंयोजकको भूमिका निभाउनु भएको थियो । वहाँहरुको दुईजनाको निर्देशन र रेखदेख सहित अविभाकत्व सबैलाई ढुक्क र सुषुप्त महशुष गराउने निक्कै प्रभावकारी थियो । त्यसैगरि आर्थिक कारोवारको लागि सल्लाहकारद्धय सोम त्होर्जे तमु र नन्द योज तमुलाई खटाइएको थियो । वहाँहरुको सफा र स्पष्ट हिसाब–किताब उदाहरणीय थियो । रकम संकलन, तिरन–तारन तथा खर्च आदिको अभिलेख सरल रुपमा प्रस्तुत गरेर सबैलाई स्पष्ट बुझाउनु भएको वहाँहरुले भ्रमण र क्होँईवोँ निर्माण सहयोग सबै गरेर करिव ३६–३७ लाखको कारोवार गर्नु भएको थियो ।

पैतृकथलो जहाँ पितृ शक्ति र प्राकृतिक शक्तिको वास हुने विश्वास गरिएको क्होला सोँप्रे ट्हो भ्रमणमा अदृश्य शक्ति र पितृ शक्ति प्रकट हुन सक्ने सम्भावना भएको हुनाले जीउबार, रोकथाम, झारफुक र धुपधाँयर लगायत पूजाआज गर्न सक्ने खेगीगुरुहरुलाई पनि भ्रमण टोलीमा समावेश गराइएको थियो । तमु प्ये ल्हु संघ युकेका खेगी अध्यक्ष जीत क्रोम्छे तमुको अगुवाईमा खेगीगुरुहरुले पितृशक्ति अर्थात पितृ आत्मा प्रकट भएको अवस्था, पूजाआज र जीउबार गराउनको लागि विशेष भूमिका निभाउनु भएको थियो । वहाँहरुले बास बसेको ठाउँ र खाना खाएको ठाउँहरुमा स्थानीय सिल्दो–नाल्दो, सिमेभूमे र कुलदेवताहरुको थानिमानि र सम्मानको लागि धुप–धाँयर गर्ने, भ्रमण टोलीको जीउबार गराउने लगायत क्होला सोँप्रे ट्होमा छ्योप र थासोँ पूजा सम्पन्न गराएका थिए ।

भ्रमणको फोटो तथा भिडियो लिने र समाचार रिपोर्टिङ गर्नको लागि तीनजना मिडियाकर्मीहरुलाई भ्रमणमा जोडेका थियौं । फोटो तथा भिडियो लिनको लागि टेकमान प्हच्यु तमु र चन्द्र प्हच्यु तमु खटाइएको थियो भने प्रत्यक्ष रुपमा समाचार रिपोर्टिङको लागि गोर्खा मिडियाका म्यानेजिङ डाईरेक्टर तथा फोटो पत्राकार मिलन ल्हेँगे तमुलाई भ्रमणमा जोडेका थियौं । वहाँहरुको खटन र कर्तव्य पालना अनुलनीय थियो ।

भ्रमणको राम्रो व्यवस्थापनको लागि आवश्यक सबैखाले चाँजोपाँजो मिलाउन सचिव भेग च्हाक्ली तमुले मुख्य सम्पर्क र सहजकर्ताका भूमिका निभाएका थिए । भ्रमणको तयारीदेखि सम्पन्न हुँदासम्मका विभिन्न चरणका कार्य सम्पादन गराउन वहाँले विशेष भूमिका निभाएका थिए ।

भ्रमण टोलीको खानापिना व्यवस्थापन अन्तर्गत खाना बनाउने भान्छेको भूमिकामा सहयोगीहरुले विशेष मद्धत गरेका थिए । वहाँहरुले खाने पानी तातो वा चिसो मिलाउने, खाना पकाउने, भाँडा सफा गर्ने, पानी भर्ने, दाउरा खोज्ने, आगो बाल्ने लगायत भ्रमण टोलीलाई सान्त्वना र सहानुभूति दिने काम गर्नु भएको थियो । वहाँहरुको यो कार्य अति नै सराहनीय थियो ।

भ्रमणलाई भव्य र सभ्य बनाउनको लागि अत्यावश्यक व्यवस्थापन सहयोगीको भूमिका तमु प्ये ल्हु संघ केन्द्रीय समिति, केन्द्रीय महिला समिति, केन्द्रीय युवा समिति, केन्द्रीय खेगी समितिहरु, तमु प्ये ल्हु संघ कास्की जिल्ला समिति, कास्की जिल्ला महिला समिति, कास्की जिल्ला युवा समिति, तमु प्ये ल्हु संघ लमजुङ जिल्ला समिति, लमजुङ जिल्ला महिला समिति, तमु प्ये ल्हु संघ इकाई समिति, घलेगाउँ, युम्पो तमु प्ये ल्हु संघ भुजुङ, तमु प्ये ल्हु संघ इकाई समिति सिकलेस, चिली क्होँईवोँ व्यवस्थापन समिति सिकलेस, नम्जु चिउली युँला क्होँईवो व्यवस्थापन समिति सिकलेस लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा केही व्यक्तिहरुले अग्रणी भूमिका निभाएका थिए ।

माथी उल्लेखित सबैको अग्रणी भूमिका, व्यवस्थापन तयारी र कार्य सम्पादन आदीले भ्रमणलाई प्रभावकारी बनाउन मद्धत पुर्याएको कुरामा कुनै शंका छैन । यद्यपी भ्रमणको अधिकारिक लेखाजोखा गर्नको लागि भ्रमणको समिक्षा हुन बाँकी नै छ ।












Comments