top of page
Search

चर्चित लोक दोहोरी गायिका निर्जला र रोधीँ प्रस्तोता बालकाशी स्वदेश फर्किए


तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा गत डिसेम्बर २०२५ मा युके आउनु भएकी चर्चित लोक दोहोरी गायिका निर्जला गुरुङ र रोधीँ प्रस्तोता बालकाशी गुरुङ बेलायतको साँगीतिक भ्रमण सकाएर नेपाल फर्किएका छन् । गत ३० डिसेम्बर २०२५, मंगलबारको दिनमा आयोजित त–ल्होसार महोत्सवमा समावेश गरिएको साँगीतिक कार्यक्रमको लागि युके आई पुगेका चर्चित लोक दोहोरी गायक चिज गुरुङ, गायिका निर्जला गुरुङ र रोधीँ प्रस्तोता बालकाशी गुरुङ आ–आफ्नो अनुकुल नेपाल फर्किएका हुन् ।


तमु प्ये ल्हु संघ युकेको आयोजनामा भव्य रुपमा सुसम्पन्न भएको त–ल्होसार महोत्सवलाई भरपुर मनोरन्जन सहित सफल बनाउनको लागि चिज गुरुङ, निर्जला गुरुङ र बालकाशी गुरुङले दमदार साँगीतिक प्रस्तुती दिएका थिए । करिब पन्ध्र सयभन्दा बढी जनसहभागीता रहेको उक्त त–ल्होसार महोत्सवमा स्थानीय कलाकारहरुको समेत आकर्षक नृत्य प्रस्तुती रहेको थियो । त–ल्होसार महोत्सवको विशेष मनोरन्जनात्मक कार्यक्रमको रुपमा समावेश गरिएको साँस्कृतिक कार्यक्रम आकर्षक र सबैभन्दा बढी रुचाइएको कार्यक्रम थियो । बेलायतको नेपाली डायस्पोरामा चिज गुरुङ, निर्जला गुरुङ र बालकाशी गुरुङको माग यत्ति धेरै थियो कि वहाँहरुलाई भ्याईनभ्याई भएको थियो भने बालकाशी गुरुङ अमेरिका गएर करिब चार महिना व्यस्त भएकी थिइन् ।


त–ल्होसार महोत्सवको भव्य समापनपछि आफ्नो व्यस्तताको कारण बालकाशी गुरुङ अमेरिकामा हुने विविध ल्होसार कार्यक्रमको लागि जनवरी महिनाको पहिलो सातामा अमेरिका जानु भएको थियो भने चिज गुरुङ र निर्जला गुरुङ युरोपमा हुने कार्यक्रमको लागि मार्च महिनामा नेपाल जानु भएको थियो । वहाँहरु तीनै जना कलाकारहरुको छ महिने मल्टी–भिसा भएको हुनाले गायिका निर्जला गुरुङ १० अप्रिलमा पुनः युके आउनु भएको थियो भने बालकाशी गुरुङ अमेरिकाबाट १२ मेमा युके आउनु भएको थियो । युके फर्किएपछि केही कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिएर यस पटकको साँगीतिक भ्रमणलाई टुंग्याउदै निर्जला गुरुङ गत २४ मेमा नेपाल फर्किएकी हुन् भने बालकाशी गुरुङ २९ मेमा नेपाल फर्किएकी हुन् ।


छ महिनाको युके बसाँईपछि नेपाल फर्किएकी कलाकारहरुलाई बिदाईको लागि तमु प्ये ल्हु संघ युकेका पदाधिकारी तथा सदस्यहरु एयरपोर्ट पुगेका थिए भने संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुले शुभयात्राको लागि आशिर्वाद दिएका थिए भने प्रमुख सल्लाहकार जगत प्हच्यु तमुले जीउबार समेत हुने प्हैरु लगाई दिएर आशिर्वाद दिएर बिदाई गरेका थिए ।

 
 
 

Comments


bottom of page