top of page
Search

तमु प्ये ल्हु संघ युके र केन्द्रीय समितिबीचको भेटघाट तथा छलफल बैठक


हिजो १८ अप्रिल २०२६, शनिबारको दिनमा तमु प्ये ल्हु संघ युके र केन्द्रीय समितिबीच भेटघाट तथा छलफल भएको छ । तमु प्ये ल्हु संघ यकेको अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्चे तमुको विशेष उपस्थितिमा युके र केन्द्रीय समिति बीच भेटघाट तथा छलफल बैठक सुसम्पन्न भएको हो । सचिव भेग च्हाक्ली तमुले सञ्चालन गरेको उक्त बैठक तमु प्ये ल्हु संघ युकेको पहलमा केन्द्रीय समितिसँग विशेष रुपमा छलफल गर्नु पर्ने बिषयवस्तुहरु र क्होला अध्ययन, अवलोकन भ्रमणको अधिकारिकता बारेमा निधो गर्न बसेको थियो भने बैठकमा तमु प्ये ल्हु संघ हङकङ र कास्की जिल्ला समिति, केन्द्रीय महिला समिति, केन्द्रीय युवा समिति र कास्की जिल्ला महिला समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।


बैठकमा तमु प्ये ल्हु संघ युकेले प्रस्ताव गरेको विषय वस्तुहरुमा केन्द्रीत रहेर छलफल गरेका थिए । जसानुसार क्होला भ्रमण अध्ययन, अवलोकन तथा अन्वेषण भ्रमणलाई अधिकारिक रुपमा केन्द्रीय समितिले केन्द्रीय अभिलेखमा सूचिकृत गरी भ्रमणसँग सम्बन्धित कुनै पनि जिज्ञासाहरु मेटाउन जिम्मेवार रहनु पर्ने तमु प्ये ल्हु संघ युकेको प्रस्तावप्रति केन्द्रीय समितिले प्रतिबद्धता सहित सहमती जनाएका छन् भने तमु प्ये ल्हु संघ युकेले भ्रमणको प्रतिवेदन सहित भ्रमणसँग सम्बन्धित अन्य सामाग्रीहरु केन्द्रीय समितिलाई बुझाउने तमु प्ये ल्हु संघ युकेले जनाएको छ ।


बै्रठकका तमु प्ये ल्हु स्रंघ केन्द्रीय समितिको सिफारिस सहित आर्थिक सहयोगको लागि अपील गरेका विभिन्न जिल्ला तथा ईकाईमा निर्माणधीन क्होँईवोँहरुलाई तमु प्ये ल्हु संघ युकेले आर्थिक सहयोग प्रदान गर्ने जानकारी सहित सहयोग पाउने क्होँईवोँहरुको नाम सार्वजनिक गराए । जस अनतर्गत नम्चु चिउली युँला क्होईबोँ, मादी– १, सिकलेस, सर्दिखोला क्होईवोँ, माछापुच्छ«े– २, चौरा, पैँयुखोला साँस्कृतिक भवन, काठमाण्डौं, स्याउली बजार क्होँईवोँ, शुक्लगण्डकी– ९, तनहुँ, रोल्पा क्होँईवोँ, गुरुङ गाउँ, रोल्पा, बस्यानी पुलुँ डाँडा क्होँईवोँ, वालिङ– ४, बस्यानी, स्याङजा, रजहर क्होँईवोँ, देवचुली– १७, रजहर, नवलपुर, लक्ष्मी बजार क्होँईवोँ, लक्ष्मी बजार, गोरखा, बारपाक क्होँईवोँ, बारपाक, गोरखा, सिमिकु, रिमिङि सिम्ले देउराली क्होँईवोँ, पुतलीबजार– १२, सिम्ले, स्याङजा, बुट्टाबारी क्होँईवोँ, अर्जुनधारा– ११, बुट्टाबारी, झापा युम्पो क्होँईवोँ, क्होलासोँथर– ४, भुजुङ र पिद्राहनी क्होँईवोँ, खैरानी– ११, पिद्राहनी, चितवन परेका छन् ।


सहयोग पाउने क्होँईवोँहरुको नाम सार्वजनिक गरेसँगसँगै तमु प्ये ल्हु संघ युकेले क्होँईवोँ निर्माण सहयोगार्थ सिफारिस गर्नु पूर्व केन्द्रीय समितिले सम्बन्धित क्होँईवोँको निर्माण लगायत योजनाको बारेमा यथार्थ वस्तुस्थिति बुझ्न र सम्पूर्ण बिवरण उपलब्ध गराउन अनुरोध गरेका छन् । भनेका छन् – सिफारिस दिनु भएको निर्माणधिन क्होँईवोँको निर्माण अवस्था र परियोजनाहरु लगायत सम्पर्क व्यक्तिहरुको बिवरण उपलब्ध नभएकोले यकिन गरी उपयुक्त र उचित सहयोग उपलब्ध गराउन तमु प्ये ल्हु स्रंघ युकेलाई अप्ठेरो पर्यो । यस सम्बन्धमा तमु प्ये ल्हु संघ केन्द्रीय समितिले सुधार गरी पूर्ण बिवरण खुलाउने प्रतिबद्धता जाहेर गरेका छन् ।


छलफलको क्रममा केन्द्रीय समितिको मातहातमा पुनः शुरु गरिएको प्ये संकलन, लेखन तथा प्रकाशन योजनाको बारेमा पनि सहमती जुटाएका छन् । तमु प्ये ल्हु संघ केन्द्रीय समितिको स्पष्टीकरण र हालै केन्द्रीय परिसरमा सम्पन्न भएको तेश्रो बृहत खेगी भेलाले दिएको म्याणडेट अनुसार केन्द्रीय समितिको मातहातमा सक्रिय रहने समितिलाई सदर गरी सक्दो सहयोग र सहकार्य गर्न तमु प्ये ल्हु संघ युकेले सहमति जनाएको छ ।


समयको पावन्दिले गर्दा कतिपय निर्धारित बिषयवस्तुहरुलाई सम्बोधन गर्न असमर्थ रहेको उक्त बैठकका तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर क्रोम्छे तमुले हङकङको प्रतिनिधित्व गरी बिचार राखेका थिए । अध्यक्ष, मन बहादुर क्रोम्छे तमुले केन्द्र र नेपालभित्र र देश बाहिर प्रवाशमा क्रियाशिल संघ–सँस्थाहरुबीच स्पष्ट सम्वाद र कम्युनिकेशन हुन आवश्यक रहेको बताउनु भयो ।


अन्तमा बैठकमा उपस्थित भएर भेटघाट तथा छलफललाई सार्थक बनाई दिनु हुने सबैप्रति आभार व्यक्त गर्दै तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. डेम बहादुर योज तमुले केन्द्रीय समिति देशभित्र र देश बाहिर प्रवासमा स्थापित तमु प्ये ल्हु संघहरुको अविभावक भएकोले प्रभावकारी एवं सक्रिय रुपमा आफ्नो भूमिका निभाउन कत्ति पनि कन्जुस्याई गर्न नहुने बताउदै बैठक समापन गर्नु भयो ।


 
 
 

Comments


bottom of page