top of page

नव गठित सातौं कार्यसमितिको पहिलो बैठक सम्पन्न




गत ०२ मार्च २०२४, शनिबारको दिनमा सम्पन्न भएको तमु प्ये ल्हु संघ युकेको उन्नाइसौं बार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबाट गठन भएको सातौं कार्यसमितिले नव निर्वाचित अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा हिजो ०६ अप्रिल २०२४, शनिबारको दिनमा प्रथम बैठक सम्पन्न गरेको छ । बैठकले कार्यसमितिलाई पूर्णता दिनको लागि रिक्त पदहरुमा नियुक्ति गरिएका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको घोषणा गरी कार्यसमितिलाई पूर्णता दिएको छ । पूर्णता दिएसँगै सातौं कार्यसमिति निम्न वमोजिम रहेको छ ।


१) अध्यक्षः क्या. डेम बहादुर योज तमु

२) प्रथम उपाध्यक्षः पूर्णबीर प्हच्यु तमु

३) द्धितिय उपाध्यक्षः अमर त्होर्जे तमु

४) तृतिय उपाध्यक्षः डम्बर टु क्ल्हेप्री तमु

५) सचिवः भेग च्हाक्ली तमु

६) कोषाध्यक्षः याम प्हच्यु तमु

७) सहसचिवः दिलिप तेलैंजे तमु

८) सहकोषाध्यक्षः झक पर्जु तमु

९) खेगी संयोजकः पच्यु चिवा, जीत क्रोम्छे तमु

१०) महिला संयोजकः बबिता प्हच्यु तमु

११) युवा संयोजाः खाली

१२) प्रोपर्टी संयोजकः याम क्होला तमु

१३) प्रोपर्टी सहसंयोजकः शेर बहादुर प्हच्यु तमु

१४) ड्रिंक्स संयोजकः केशर प्लहेँ तमु

१५) ड्रिंक्स सहसंयोजकः लेख ल्हेँगे तमु

१६) खाना संयोजकः कृष्णकाजी खक्यु तमु

१७) खाना सहसंयोजकः मोहन पर्जु तमु

१८) सुरक्षा संयोजकः चन्द्र योज तमु

१९) सुरक्षा सहसंयोजकः लुगुना म्होब्छे तमु

२०) सञ्चार संयोजकः नेत्र टु क्ल्हेप्री तमु

२१) सञ्चार सहसंयोजकः किशोर प्ल्हेँ तमु

२२) साँस्कृतिक संयोजकः जुम टु क्ल्हेप्री तमु

२३) साँस्कृतिक सहसंयोजकः बिमला प्हच्यु तमु

२४) प्राविधिकः ईन्द्रेश ङोप्छे तमु

२५) फोटो पत्रकारः मिलन ल्हेँगे तमु



त्यसैगरि सल्लाहकार समिति र ट्रष्टी लगायत तीनवटा परियोजनाहरु (सामुदायीक भवन तथा क्होँईवों निर्माण परियोजना, प्येताँ ल्हुताँ तथा खेगी संरक्षण परियोजना र युवा जागरण परियोजना) को संयोजकहरु समेत चयन गरेको छ भने उक्त चयन भएका समितिहरुलाइृ आगामी २७ अप्रिल २०२४, शनिबारको दिनमा हुने सातौं कार्यसमितिको दोश्रो बैठकमा प्रक्रियागत रुपमा सार्वजनिक गरी वैधानिकता दिईने निर्णय गरिएको छ ।



बैठकले संघको विधानमा भएका प्रतिकुल पक्षहरु तथा समावेश गरिनु पर्ने विषयहरुमाथी छलफल गरी विधान संशोधन तथा नीति नियम तथा आचार संहिता निर्माण गर्ने प्रस्ताव पास गरेको छ । त्यसैगरि विधान संशोधन पश्चात हुन सक्ने असुविधा तथा बाझिने पक्षहरुलाई सम्वोधन गर्नेगरि आजीवन सदस्यता तथा नीति पनरावलोकन गर्ने प्रस्ताव समेत पास गरेको छ ।


थप फोटोहरुको लागि तलको फेसबुक लिंक थिच्नुहोस्

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page