top of page

राजदूतसँग तमु प्ये ल्हु संघ युकेले गर्यो भेट

Updated: May 6

शुक्रबार, १४ फेब्रअरी २०२५ का दिन तमु प्ये ल्हु संघ युकेले नव नियुक्त महामहिम राजदूतसँग औपचारिक भेट गरेको छ । संघको अध्यक्ष क्या डेम बहादुर योज तमुको नेतुत्वमा एक टालीले दूतावासमै पुगेर भेट गरेको हो ।


बेलायतको लागि नव नियुक्त राजदूत चन्द्र कुमार घिमिरे र वहाँको धर्मपत्नीलाई तमु परम्परागत फेटा, भाङ्ग्रा, र पछयौरा ओढाई फूलको गुच्छा दिएर सम्मान सहित बेलायतमा स्वागत गरिएको उक्त कार्यक्रममा सचिव भेग च्हाक्ली तमुले उपस्थित टोली सदस्यहरुको परिचय गराएका थिए भने अध्यक्ष क्या. डेम बहादुर योज तमुले संघको परिचय, बेलायतमा नेपालीहरुको अवस्था, गोर्खाहरुको माग र डायस्पोरामा गुरुङ संस्कार सँस्कृतिको अवस्था लगायत संघले हालै किनेको भवनको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।


यसैगरि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरि बाढी पिडितहरुको राहतको लागि सात सय अठ्चालीस पाउण्ड आर्थिक सहयोग समेत राजदूत चन्द्र कुमार घिमिरेलाई हस्तान्तरण गरेका छन् भने आगामी त ल्होसार महोत्सवको लागि अग्रिम निमन्त्रणा समेत गरेका थिए ।


भेटको क्रममा राजदूत महामहिम चन्द्र कुमार घिमिरेले नेपाल बहुजानि, बहुसँस्कृति र बहुभाषी मुलुक भएकोमा गर्व लाग्ने बताउदै बेलायत जस्तो व्यस्त देशमा पनि सामाजीक र कल्याणकारी कार्यमा अग्रसर भएको कुरा सुन्न पाउँदा खुशी लागेको बताए भने बेलायत बसाँईको क्रममा सबैसँग सहकार्य गर्दै सक्दो सुलभ सेवा दिने कोशिस गर्ने बताउनु भयो भने टोलीसँग फोटो खिचाएर सम्झना हुन्छ भन्दै खुशी व्यक्त गर्दै पूर्वनिर्धारित समयभन्दा बढी समय लिएर पनि अझै धित नमरेको बताउदै राजदूतले पुनः भेट्ने अपेक्षा गर्दै टोलीसँग बिदा लिएका थिए ।


टोलीमा अध्यक्ष क्या। डेम बहादुर योज तमु, प्रमुख सल्लाहकार जगत प्हच्यु तमु, सल्लाहकारद्धय नन्द योज तमु र खम बहादुर ल्होँ तमु, सुरक्षा सह–संयोजक लुगुना म्होब्छे तमु, मिडिया सह–संयोजक किशोर प्ल्हेँ तमु आमा समूहकी प्रतिनिधि रत्नमाया प्ल्हेँ तमु, युवा प्रतिनिधि स्मृती च्हाक्ली तमु र सचिव भेग च्हाक्ली तमु थिए ।





Click below link for more pictures:

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page