top of page
Search

सम्मान तथा भेटघाट कार्यक्रममा मानर्थ अवार्ड प्रदान


शनिबार, २०८३ बैशाख ५ गते तमु प्ये ल्हु संघ युकेले रोयल दिदि–बहिनी होटेल, बुद्धचोक पोखरामा एक रात्रिभोज कार्यक्रम आयोजना गरी संघको विकास र प्येताँ ल्हुताँको संरक्षणको लागि विशेष योगदान दिनु भएको महानुभावहरुलाई मानर्थ अवार्ड प्रदान गरेका छन् । तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन तथा क्होँईवोँ परियोजनाको सहयोगार्थ आर्थिक अभियानमा सहयोग पुरयाएका सहयोगी सँस्थाहरुको सम्मानार्थ आयोजना गरिएको उक्त कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय समिति, केन्द्रीय महिला समिति, केन्द्रीय युवा समिति, कास्की जिल्ला समिति, कास्की जिल्ला महिला समिति, बृटिश गोर्खा ओभरसिज सर्भिसेज प्रा. लि. र तमु प्ये ल्हु संघ हङकङलाई तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन तथा क्होँईवोँ निर्माण परियोजनाको सहयोगार्थ पोखरा र हङकङमा सम्पन्न घरदैलो कार्यक्रम सफल बनाउनको लागि विशेष भूमिका निभाएकोप्रति कदर गर्र्द सम्मान गरेका थिए भने केन्द्र्रीय अध्यक्ष ओम बहादुर थिम्चे तमु, केन्द्रीय महिला अध्यक्ष बुद्धिमाया लेम तमु, केन्द्रीय युवा अध्यक्ष पबित्रा प्हच्यु तमु, कास्की जिल्ला अध्यक्ष निम प्हच्यु तमु, कास्की जिल्ला महिला अध्यक्ष, विगोसका अध्यक्ष मे. ज्ञान बहादुर गरब्ज तमु र तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर क्रोम्छे तमुले धन्यवाद (सम्मान) पत्र ग्रहण गरेका थिए ।


तमु प्ये ल्हु संघ युकेले बेलायतमा सामुदायिक भवन तथा क्होँईवोँ निर्माण गर्नको लागि ल्याएको योजना पुरा भएको जानकारी सहित सहयोगी भूमिका निभाएका सँघ सँस्थाहरुको कदर सहित धन्यवाद ज्ञापन गर्न यो सम्मान तथा भेटघाट कार्यक्रम आयोजना गरेका थिए ।


यस बाहेक तमु प्ये ल्हु संघमा आबद्ध भएर संघको हित, उत्थान र विकास लगायत प्येताँ ल्हुताँ संरक्षण, सम्बर्धन तथा प्रवर्तनको लागि विशेष योगदान दिनु भएका विशेष व्यक्तित्वहरुलाई मानर्थ अवार्ड प्रदान गरेका थिए । यस अवार्डको लागि तमु प्ये ल्हु संघ केन्द्र र केन्द्रमा अद्धितिय भूमिका निर्वाह गरेका युवा, महिला, मुल समिति लगायत सँस्कृतिविदलाई मनोनयन गरिएको थियो । जस अनुसार युवातर्फ केन्द्रीय युवा समितिका पूर्वाध्यक्ष सुक बहादुर सर्बुज तमु, महिलातर्फ केन्द्रीय पूर्वाध्यक्ष पुष्पा तेल्मै तमु, केन्द्रीय मुल समितितर्फ केन्द्रीय पूर्वाध्यक्ष क्या. रुप बहादुर गरबज तमु र सँस्कृतिविद कोटामा ले. ईन्द्र बहादरु केप्छे तमुलाई सम्मान सहित मानर्थ अवार्ड प्रदान गर्रिएको थियो ।


यो विशेष कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका पदाधिकारीहरु, केन्द्रीय महिला समितिका पदाधिकारीहरु, केन्द्रीय युवा समितिका पदाधिकारीहरु, केन्द्रीय पच्यु समितिका उपाध्यक्ष, केन्द्रीय क्ल्हेप्री समितिका अध्यक्ष, कास्की जिल्ला समितिका पदाधिकारीहरु, कास्की जिल्ला महिला समितिका पदाधिकारीहरु, बिगोसका पदाधिकारीहरु, तमु प्ये ल्हु संघ हङकङका पदाधिकारीहरु लगायत क्होला अध्ययन, अवलोकन तथा अन्वेषण भ्रमण– २०२६ मा सहभागी तमु प्ये ल्हु संघ युकेका पदाकिारी तथा सदस्यहरुको उपस्थिति रहेका थिए ।


तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. डेम बहादुर योज तमु, केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्चे तमु र तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर क्रोम्छे तमुले संयुक्त रुपमा दीप प्रज्वलन गरी समुदघाटन गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव भेग च्हाक्ली तमुले गरेका थिए भने द्धितिय उपाध्यक्ष अमर त्होर्जे तमुले स्वागत मन्तव्य दिएका थिए ।




 
 
 

Comments


bottom of page